financial-literacy for women

महिलाका लागि वित्तीय साक्षरता

1 घण्टा
English, Arabic, Chinese (Simplified), Dari, Hazaragi, Karen, Korean, Nepali, Punjabi, Thai, Vietnamese

Sign up as new student

Click to scroll

Course Overview

पाठ्यक्रम अवलोकन

महिलाहरुका लागि आर्थिक साक्षरताको यो पाठ्यक्रम, अष्ट्रेलियामा रहँदा तपाइँलाई तपाइँको पैसा व्यवस्थापन गर्न मद्दतको लागि बनाईएको हो।यो पाठ्यक्रमले तपाईंलाई वित्तीय खाताहरू प्रबन्ध गर्न विभिन्न चरणहरू मार्फत लैजान्छ, साथै बैंक खाता सुरु गर्ने, भुक्तानी गर्ने, आय आर्जन गर्ने र तपाईंको अवकाशको लागि बचत गर्ने जस्ता कुरामा मद्दत गर्छ । पैसा प्रबन्धनको बारेमा जान्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा मध्ये एक भनेको कसरी तपाईंको खर्च र बचत ट्र्याक गर्न बजेट सिर्जना गर्ने हो। यो पाठ्यक्रमले तपाईंलाई बजेट बनाउन चाहिने उपकरणहरू र जानकारी दिन मद्दत पुर्‍याउँछ  साथसाथै तपाईंका साथी वा परिवारसँग वित्तीय प्रबन्ध गर्न सुझावहरू पनि दिन्छ। एक महिलाका रूपमा, तपाइँले आफ्नो आर्थिक अवस्थाका बारेमा जानकारी राखेर आफ्नो अधिकार र आफूले लिने कुनै पनि वित्तीय निर्णयको प्रभाव बारे बुझ्न सक्नु हुनेछ।

यसले के समावेश गर्छ

  • Financial systems

    वित्तीय प्रणाली

    आधारभूत जानकारी जसले तपाईंलाई अष्ट्रेलियामा तपाईंको वित्तीय प्रबन्ध गर्न तयार गर्दछ।

  • Earning an income

    आय आर्जन गर्ने

    तपाईंलाई आफ्नो अधिकार र अष्ट्रेलियामा आम्दानी कमाउने प्रक्रिया बारे  बुझ्न मद्दत गर्दछ।

  • Budgeting

    बजेट तोक्ने

    तपाईंको व्यक्तिगत वित्तीय अवस्थालाई बुझ्न र व्यवस्थापन गर्न चाहिने उपकरणहरू र जानकारी बारे बुझाउँछ।

  • Money relationships

    पैसाका सम्बन्धहरु

    दम्पती वा परिवारले मिलेर सँगै आफ्नो पैसा व्यवस्थापन गर्न सहयोग गर्ने स्वस्थ र सम्मानजनक तरिकाहरू सिकाउँछ।

कसरी पूरा गर्ने

  • Learn

    सिक्नुहोस्

    प्रत्येक मोड्युल पढ्नुहोस्, जसले तपाईंको पैसा कसरी प्रबन्ध गर्ने भन्ने बारे आधारभूत जानकारी प्रदान गर्दछ।

  • Test your knowledge

    तपाईंको ज्ञानको परिक्षण गर्नुहोस्

    जानकारी र प्रदान गरिएको सुझावहरूको आधारमा , तपाईं र तपाईंको परिवारको लागि बजेट सिर्जना गर्नुहोस्।

  • Achieve

    प्राप्त गर्नुहोस्

    तपाईंले भविष्यमा गर्नु हुने कुनै वित्तीय निर्णयहरूमा यस पाठ्यक्रमको  माध्यमबाट प्राप्त ज्ञान लागू गर्नुहोस्।

Migration Council Australia

माइग्रेसन काउन्सिल अष्ट्रेलिया

माइग्रेसन काउन्सिल अष्ट्रेलिया एक स्वतन्त्र, गैर-पक्षधर, नाफारहित सँगठन हो जसले अष्ट्रेलियाको आप्रवासन कार्यक्रमको फाइदाहरुलाई बढाउन र अष्ट्रेलियाको आप्रवासी र शरणार्थीहरुका लागी राम्रो ब्यवस्था गर्ने परिणामहरु ल्याउन सहयोग पुर्‍याउँछ।

काउन्सिलले विभिन्न क्षेत्रहरुमा काम गर्दछ र प्रभावकारी आप्रवासन र बसोबास कार्यक्रमहरूको लागि राष्ट्रिय आवाज प्रदान गर्न समुदाय, उद्योग र सरकार बीच साझेदारीलाई प्रोत्साहित गर्दछ।

हामी विश्वास गर्छौं कि आप्रवासनको सफलता अस्ट्रेलियाको भविष्यको समृद्धिको लागि महत्वपूर्ण छ।नयाँ आप्रवासी र शरणार्थीहरूको लागि प्रभावकारी सम्झौताको समर्थन गर्नु नैअष्ट्रेलियाली समुदाय र अर्थव्यवस्थाको भविष्यमा लगानी गर्नु हो।

www.migrationcouncil.org.au

Harmony Alliance

सुद्राव गठबन्धन: आप्रवासी र शरणार्थी महिला परिवर्तनका लागि

सुद्राव गठबन्धन: आप्रवासी र शरणार्थी महिला परिवर्तनका लागि कार्यक्रमको लक्ष्य भनेको अष्ट्रेलियामा रहेकाआप्रवासी र शरणार्थी महिलाहरूको अनुभव र नतिजालाई असर गर्ने मुद्दाहरूको बहुलताका लागि राष्ट्रिय समावेशी र सुचित आवाज प्रदान गर्नु हो। गठबन्धनले जराबाटै सहभागिता र संस्थागत पहुँच र शक्तिशाली नीति वकालत नेटवर्कको साथ कडा समुदाय आवाजलाई जोड्न खोज्दछ साथैआप्रवासी र शरणार्थी महिलाहरुलाई सकारात्मक परिवर्तन ल्याउन प्रत्यक्ष संलग्न हुने अवसचाहनाू प्रदान गर्न  सक्षम बनाऊँछ।

harmonyalliance.org.au

Supported by Australian Government

यो कोर्समा पनि रुचि लिन सक्ने अरु कसैलाई चिन्नुहुन्छ ?

सम्पर्कहरु